काठमाडाैं ।। नेपाली काँग्रेसले स्थानीय तहको लागि उम्मेदवार सिफारिस गोप्य राख्न निर्देशन दिएको छ । केन्द्रबाट नै पाँचदलीय गठबन्धनसहित निर्वाचनमा जाने निर्णय गरेको काँग्रेसले केही समयअघि छिट्टो भन्दा छिट्टो उम्मेदवार टुङ्गो लगाउन सर्कुलर गरेको थियो । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ गते मनोनयन दर्ता गर्नुपर्ने भएपछि काँग्रेसले वैशाख १ गतेसम्म उम्मेदवार टुंगो लगाउन परिपत्र गरेको छ । काँग्रेसको विधानले वडाध्यक्ष तथा सदस्यको टिकट प्रतिनिधिसभा क्षेत्रीय समिति, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टिकट जिल्ला संसदीय समिति, नगरपालिका र उपमहानगरपालिकाको टिकट प्रदेश संसदीय समिति र महानगरपालिकाको टिकट केन्द्रीय संसदीय समितिले दिने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here