एजेन्सी ।। औषधिको चरम अभाव भएपछि श्रीलङ्कामा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । यसअघि फागुन १२ गते सार्वजनिक स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा घोषणा गरेको सरकारले आजदेखि स्वास्थ्य संकटकाल घोषणा गरेको हो । देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जिएमओए)ले आपत्कालिन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपत्कालिन सामान्य समितिको बैठकपछि यो निर्णय घोषणा गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ । जिएमओए सेक्रेटरी डा सेनाल फर्नान्डोले स्वास्थ्य सङ्कटकाल घोषणा बिरामीको जीवन रक्षाका लागि गरिएको बताउनुभएको छ । बैठकमा जिएमओएले सरकारको कमजोर व्यवस्थापनका कारण मुलुकमा औषधिको चरम अभाव हुने खुलासा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here