जनकपुर ।। नेपाल र भारतका प्रधानमन्त्रीले दिल्लीबाट सँगसँगै हरियो झण्डा देखाएर रेलको उद्घाटन गरेपछि अब नेपाल–भारत रेल औपचारिक रूपमा सुरू भएको छ । भारतको जयनगरबाट जनकपुरधामका लागि गुडेको रेललाई दुबै देशका नागरिकले हात हल्लाएर स्वागत गरेका थिए । रेल चलेको देखेपछि नागरिकहरू उत्साहित भएका छन् । बनेको ८ वर्ष पछि जयनगरबाट जनकपुरधामका लागि आधिकारिक रूपमा रेल चल्ने भएपछि धनुषाबासी खुसी भएका छन् । बाटोभरी स्थानीयले रेलको स्वागत गरेका थिए । अब भने जनकपुरधाम–जयनगरमा दिनको दुई पटक रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरन्जन झाले जनकारी दिनुभयो । नेपाल रेलवे कम्पनीका महाप्रवन्धक झाका अनुसार अब रेलमा यात्रा गर्नेहरूले पहिचान खुल्ने प्रमाणपत्र देखाउनुपर्ने छ । रेलसेवा पूर्व—पश्चिम राजमार्गमा पर्ने महोत्तरीको बर्दीवास सम्म विस्तार गर्ने योजना छ । अब नियमित रूपमा रेल चलेमा सरसामान ढुवानीमा सजिलो हुनेदेखि नेपालमा पर्यटन विस्तार हुने विश्वास गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here