काठमाडौं ।। चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली परराष्ट्रमन्त्री नारायण खड्काबीच भएको भेटवातार्मा चीनले नेपाली जनताको विरुद्ध हुने निर्णयको विरोध जनाउने बताएको छ।
३ दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री आइतबार स्वदेश फर्किसकेका छन्। काठमाडौं भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले शनिबार नेपाली समकक्षी खड्कासँग भेटघाट गरेका थिए।
सो क्रममा चिनियाँ विदेशमन्त्रीले नेपालको सार्वभौमसत्तामा आँच आउँने र भूराजनीतिक खेलमा नेपाललाई संलग्न गराउने कुनै पनि प्रयासको चीनले विरोध गर्ने बताएको चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले जनाएको छ।
अन्तर्रा्ष्ट्रिय वा घरेलु परिस्थिति जस्तो सुकै भएपनि चीनले नेपाललाई सदैव सहयोग गर्ने वाङले बताएका छन्।
चीनले नेपालको राष्ट्रिय हित अनुकुल हुने गरि विकासका लागि सहयोग गर्ने चिनियाँ विदेशमन्त्रीको प्रतिबद्धता रहेको समाचारमा जनाइएको छ।
चीनले नेपाललाई स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न सहयोग गरेको बताउँदै चिनियाँ विदेशमन्त्रीले सबै देशहरू आकारमा जस्तोसुकै भए पनि समान हुने र सबै देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको चीनले सम्मान गर्ने बताएका छन।
नेपालमा अमेरिकी सहयोग परियोजना (एमसीसी) चर्को जनविरोधकाबीच संसदबाट अनुमोदन भएपछि पहिलो पटक छिमेकी देश चीनबाट उच्चस्तरीय भ्रमण भएको हो।
Home मुख्य समाचार नेपाललाई संलग्न गराउने कुनै पनि प्रयासको चीनले विरोध गर्ने: चिनियाँ विदेशमन्त्री वाङ
नेपाललाई संलग्न गराउने कुनै पनि प्रयासको चीनले विरोध गर्ने: चिनियाँ विदेशमन्त्री वाङ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।