सर्लाही ।। सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।आइतवार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएका छन् ।बसमा सवार ३२ जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जानकारी दिएको छ । वीरगन्जबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस फुलजोर खोलाको बार भत्काउँदै खोलामा खस्दा दुर्घटना भएको हो ।
गुडिरहेको बस एक्कासि खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाउनेहरुको अहिले सनाखत हुन सकेको छैन् ।
दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।