रौतहट ।। नेपाल कानुन समाजको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ निर्वाचन आचार सहिंताको प्रभावकारी कार्यान्व्यन र सरोकारवालाहरुको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रम रौतहट जिल्लाको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाइ स्वच्छ निस्पक्ष तथा भएरहित बातावरणमा सम्पन्न गराउने उदेश्यले निर्वाचन आयोग नेपालले तयार परेको निर्वाचन आचार संहिता प्रति सरोकारवालाको राय सल्लाह सुझाव संकलन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
जिल्ला समन्वय समितिका अध्यक्ष राम एकवाल राय यादवको सभापतित्वमा भएको सो कार्यक्रममा पुर्व कानुन सचिव एवं पुर्व संचारमन्त्री माधव पौडेल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव विष्णुदत् गौतमले निर्वाचन आयोग नेपालले तयार परेको निर्वाचन आचार संहिता प्रस्तुत गरेका थिए ।
प्रस्तुत गरिएको कार्यपत्र प्रति जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य रेवन्त झाले निर्वाचनमा प्रचार प्रसारको समय विदेशी सवारी साधनको प्रयोग निषेध प्रति आपति जनाउदै प्रयोग गर्ने बातावरण सहज बनाउनु पर्ने माग गरे ।
आयोगले निर्धारण गरेको खर्चको नियमन गर्नु पर्ने , आचार सहिंता कडाइको साथ अनुगमन गर्नु पर्ने जोड दिदै नेता झाले अनुगमन समितिमा राजनीतिक दलका प्रतिनिधि सहभागी गराउने प्रावधानले अनुगमनमा गम्भीर असर पुग्न सकिने आशंका जनाए ।
यमुनामाइ गाउपालिकाका अध्यक्ष श्री प्रसाद मुखियाले निर्वाचन आयोगले खर्च निर्धारण गरेको रकम अपुग रहेको टिप्पणी गरे । उहाले निर्वाचनको बेलामा भोज भतेर गर्ने उम्मेदवारको उम्मेदवारी खारिज गर्नु पर्ने माग गरे ।
कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्न र राखेका जिज्ञाशालाइ सम्वोधन गर्दै पुर्व मन्त्रि माधव पौडेलले निर्वाचनलाइ कम खर्चिलो बनाउने उदेश्यले न्युनतम खर्च निर्धारण गरिएको बताए ।
जनप्रतिनिधिहरुलाई शैक्षिक योग्यता तोक्नु पर्ने सहभागीहरुले उठाएको प्रश्नको जवावमा पौडेलले भने लोकतन्त्रमा जनप्रतिनिधिको योग्यता निर्धारण गरे अन्य संग विभेद हुने भएकोले यस्तो गर्न नसकिने जनाए ।
निर्वाचन अचार सहिंता सवैले पूर्ण रुपमा पालना गर्नु पर्ने जोड दिदै पालना नगर्ने लाइ कानुनी कार्यवाही समेत गर्न सकिने चेतावनी दिए ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव विष्णु दत् पौडेल , प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही , गौर नगरपालिकाका उपमेयर किरण कुमारी ठाकुरले आफ्नो आफ्नो धारणा विचार प्रस्तुत गरेका थिए भने विभिन्न राजनितिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख , संघ सस्थाका प्रतिनिधी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here