काठमाडाैं ।। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज फेरि बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचनलागयत विषयमा छलफल गर्न शुक्रवारदेखि जारी बैठक आज पनि बस्ने भएको हो । बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने बताइएको छ । शुक्रवारको बैठकमा विशेषगरी आगामी चुनावमा सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेर जाने वा एक्लै जाने भन्नेमा छलफल केन्द्रीत भएको थियो । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने र स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । बैठकमा स्थानीय चुनाव केन्द्रीत घरदैलो अभियानको प्रारम्भिक समीक्षासमेत हुनेछ । काँग्रेसले फागुन २९ देखि चैत २९ सम्म पहिलो चरणको घरदैलो अभियान गरिररहेको छ । बैठकमा काँग्रेस विधानअनुसार केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति तथा केन्द्रीय संसदीय समिति गठनका विषयमा समेत छलफल हुने प्रवक्ता डा प्रकाशसरण महतले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here