सर्लाही ।। सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेको बयलबास बजारमा आज बिहान झडप हुँदा सर्लाही क्षेत्र नम्बर(१ बाट निर्वाचित सङ्घीय सांसद प्रमोद साह घाइते हुनुभएको छ। स्थानीय युवा र सांसद साह पक्षबीच झडप हुँदा स्थानीयले हानेको ढुङ्गा लागेर सांसद साह घाइते हुनुभएको हो ।
सांसद साहको टाउकोमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ । सडक निर्माण गर्दा भत्किएको फूलजोड युवा क्लबको भवन त्यसै ठाउँमा बनाउने कि नबनाउने भन्ने विषयमा दुई पक्षीबीच भनाभन हुँदा झडप भएको हो।
प्रदर्शनमा उत्रिएका स्थानीयले सांसद साहको सुरक्षाका लागि खटिएका पीएसोको पेस्तोल र त्यसमा लाग्ने सात राउन्ड गोली खोसेर पीएसोमाथि आक्रमण गरेको बताइएको छ । खोसिएको पेस्तोल र गोली स्थानीयले केही समयपछिनै प्रहरीलाई बुझाएका छन् ।
ढुङ्गा लागेर घाइते भएका साहलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here