एजेन्सी ।। युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले तीव्र रुसी बमबारीका बीच दक्षिणी बन्दरगाह सहर मारिउपोलमा करिब १ लाख मानिस अझै बाँकी रहेको बताउनुभएको छ । खाना, पानी, औषधि बिना पूर्ण नाकाबन्दीमा रहेका नागरिकलाई उद्धार गर्ने प्रयास रुसी गोलाबारीका कारण सम्भव नभएको जेलेन्स्कीको भनाइ छ । रुसले एक मानवीय स्तम्भ कब्जा गर्दै युक्रेनी सरकारी कर्मचारी र उनीहरूको बस चालकलाई हिजो बन्दी बनाएको थियो । यसैबिच मारिउपोलबाट हिजो ७ हजार भन्दा बढी नागरिकलाई उद्धार गर्न सफल भएको छ । रुसको आक्रमणका कारण कम्तिमा १० अस्पतालहरू पूर्ण रूपमा ध्वस्त भएका छन् र खार्किभ र मारिउपोल वरपर लडाई जारी छ रहेको युक्रेन सरकारले बताएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here