काठमाडाैं ।। पर्वतीय समस्याको दिगो समाधानका लागि नीतिगत क्षेत्रीय बहस कार्यक्रमको आज शुभारम्भ हुँदैछ । सरकारले सन् २०२२ लाई दिगो पर्वतीय विकास वर्षका रुपमा मनाउने घोषणा गरेसँगै आज प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय विकास वर्ष २०२२ को शुभारम्भ गर्नुहुने भएको हो । आजबाट सुरु हुने कार्यक्रममा पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली र तिनमा जलवायु परिवर्तनले पारेको असरबारे विज्ञ तथा अध्येताहरूको अध्ययन प्रतिवेदन र कार्यपत्र प्रस्तुत गर्ने वन तथा वातावरण मन्त्रालयले जनाएको छ । नेपालको कुल क्षेत्रफलको ८६ प्रतिशत भाग हिमाली तथा पर्वतीय क्षेत्र रहेकाले नेपालले यसवर्ष पर्वतीय क्षेत्रको दिगो विकासका लागि नीति निर्माताहरूसँग अन्तरक्रिया, मुस्ताङमा पर्वतीय सम्मेलन, जलवायु परिवर्तनको २७ आँै सम्मेलनमा नेपालले उठाउने एजेन्डाबारे साझा अवधारणा तयार पार्नेछ ।
दिगो पर्वतीय विकास वर्षको आज शुभारम्भ हुँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।