काठमाडाैं ।। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यस आधारमा भएका नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले सीआईएनसँग बताए अनुसार आज इजलासमा सुनुवाइ सक्ने तयारी छ । इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ । गत शुक्रबार संवैधानिक इजलासबाट आजका लागि पेशी तोक्ने आदेश भएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।