काठमाडाैं ।। आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको रणनीति बनाउने बारेमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा आज र भोलि चल्ने छ । बिहान ११ बजे सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले प्रतिवेदन प्रस्तुत गर्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । उहाँका अनुसार सातै प्रदेशका अध्यक्षहरूले बैठकमा रिपोर्टिङ गर्ने छन् भने चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्ड लगायतका बारेमा पनि छलफल हुने भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here