काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
यसका साथै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३२३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ४८१ जना निको भएका छन् भने एक जनाको मृत्‍यु भएको छ ।
योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६३ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २ हजार ६३७ जना होम आइसोलेसनमा रहेका छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २३ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here