काठमाडाैं ।। सरकारले १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म अभियानकै रुपमा १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने तयारी गरेको खोप शाखाका प्रमुख डा. सागर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसअघि खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक काम हुनेछन् । विश्वका धेरै देशमा १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाइसकेको भए पनि नेपालमा भने पहिलो पटक लगाउन लागिएको हो ।





