एजेन्सी ।। कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या आधिकारिक तथ्याङ्क भन्दा तेब्बर बढी रहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । अमेरिकाको वासिङ्गटन विश्वविद्यालयले विश्वका १९१ देशमा गरेको अध्ययनले कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा तेब्बर भन्दा बढी रहेको दाबी गरेको हो । अध्ययनले अहिलेसम्म कोभिड–१९ बाट विश्वभर एक करोड ८० लाख मानिसको मृत्यु भएको देखाएको छ । केही मृत्युहरु भाइरसका कारण भएको र केही सङ्क्रमणसँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको सङ्क्रमणलाई महामारी घोषणा गरेको दुई वर्ष पुगेको सन्दर्भमा सार्वजनिक भएको प्रतिवेदनले यस्तो देखाएको हो । डब्लुएचओका अनुसार अहिले विश्वभर कोभिड–१९ का कारण ६० लाख १९ हजार ८५ जनाको मृत्यु भएको छ । तर कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले भने अहिलेसम्म ६० लाख ५१ हजारभन्दा धेरैको मृत्यु भएको उल्लेख गरेको छ ।
विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या आधिकारिक तथ्याङ्क भन्दा तेब्बर
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।