काठमाडाैं ।। निर्वाचन आयोगले स्थानीय तहको चुनावका विषयमा आज दलहरूसँग छलफल गर्ने भएको छ । बिहान साढे ११ बजे आयोगकै कार्यालयमा दलहरूसँग छलफल गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । छलफलमा सङ्घ, प्रदेश र पालिकामा अहिले प्रतिनिधित्व गरिरहेका १७ वटा दललाई बोलाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेको एक महिनामा आयोगले गरेका कामबारे जानकारी गराउन दलहरूलाई बोलाइएको हो । निर्वाचन आयोगसँग दलहरूका अपेक्षा र दलहरूसँग निर्वाचन आयोगका अपेक्षाबारे पनि छलफल हुने छ । निर्वाचन आयोगले मतदाता र मतगणनाको लागि सजिलो बनाउन मतपत्रमा हुने चुनाव चिह्नको रङ्ग हरियो बनाउने निर्णयमाथि भएका बहसको विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो । स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते हुँदै छ ।
निर्वाचन आयोगले स्थानीय तहको चुनावका विषयमा दलहरुसँग छलफल गर्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।