रौतहट ।। रौतहटमा स्रोत नखुेको रकम सहित एकजना पक्राउ परेका छन् । बौधीमाई नगरपालिका–९ बाट स्रोत नखुलेको नगद १८ लाख ७३ हजार रुपैयाँ सहित भारतको बिहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ला मंहगुंआ,गुरहनवा ग्राम पञ्चायत–२ का अन्दाजी ४५ वर्षीय दिप नरायण प्रसादलाई आज शुक्रवार प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल गौरको टोलीले BR-05-Y 2979 नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चदलक दिप नरायणलाई स्रोत नखुलेको रकम सहति फेला परी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here