सर्लाही ।। नेपाली कांग्रेस सर्लाहीको निर्वाचन अनिश्चितकालका लागी स्थगित भएको छ । आजका लागि तय भएको निर्वाचन विशेष कारण भन्दै स्थगित गरिएको हो ।
जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले अर्को सूचना नभएसम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यतालिका स्थगित भएको जानकारी गराएका छन् । मतदानस्थल मलंगवास्थित पब्लिक माविमा तय गरिएको थियो ।
‘निर्वाचन विशेष परिस्थितिका कारण गराउन नसक्ने भएकोले हाललाई अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन कार्य सम्पन्न गर्न गराउनका लागि तोकिएको सम्पूर्ण कार्यतालिका स्थगित गरिएको जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here