नुवाकोट ।। रसुवामा हालसम्म १ हजार ६ सयभन्दा बढी कोरोना सङ्क्रमित निको भएका छन् । पाँच गाउँपालिका रहेको रसुवामा हालसम्म १ हजार ६ सय ५१ जना कोरोना सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । हाल रसुवामा सङ्क्रमितको सङ्ख्या शून्य छ । रसुवामा हालसम्म ५ हजार ५ सय ६१ वटा स्वाव सङ्कलन गरिएकोमा ३ हजार ८ सय ८ नेगेटिभ र १ हजार ६ सय ५३ पोजेटिभ आएको थियो । यसैबीच १२ स्थानीय तह रहेको नुवाकोटमा समेत कोरोना सङ्क्रमितको सङ्ख्यामा निकै कमी आएको छ । नुवाकोटमा हिजोसम्म बेलकोटगढी नगरपालिकामा मात्र दुई पुरुष सङ्क्रमित रहेका छन् । जिल्लामा नौ हजार तीनसय ६३ जना कुल सङ्क्रमित भएकोमा आइतवारसम्म नौ हजार तीन सय नौ जना सङ्क्रमित निको भइसकेका छन् । नुवाकोटमा कोरोनाको पहिलो भेरियण्टवाट एक र दोश्रो भेरियण्टवाट ५१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो ।
रसुवामा हालसम्म १६ सयभन्दा बढी कोरोना सङ्क्रमणमुक्त
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।