एजेन्सी ।। रुसमा युद्धको विरुद्धमा प्रदर्शन गर्ने ६४ शहरका ४ हजार ६ सय ३१ प्रदर्शनकारी एकैदिन पक्राउ परेका छन् । युक्रेनमा आक्रमण गरेदेखि हालसम्म १३ हजार २८ नागरिकलाई रुसले पक्राउ गरिसकेको छ । जेलमा रहेका विपक्षी नेता एलेक्से नाभाल्नीले रसिया, बेलारुस र बाहिरका युद्धको विरुद्धमा दैनिक विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए ।
यसैबीच ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूले रुसमा आफ्ना सेवाहरू निलम्बन गर्ने घोषणा गरेका छन् । यसअघि नै रुसमा आगामी परियोजनाहरू बन्द गर्ने बताइसकेको नेटफ्लिक्सले आफ्नो स्ट्रिमिङ सेवा बन्द गर्ने बताएको छ । अमेरिकी कम्पनी अमेरिकन एक्सप्रेसले रुस र बेलारुस दुवैमा आफ्नो सञ्चालन स्थगित गर्दै अमेरिकन एक्सप्रेस कार्डहरूले व्यवसाय वा एटीएमहरूमा काम नगर्ने बताएको छ । भिसा र मास्टरकार्डले यसअघि नै रुसमा सबै अपरेशनहरू निलम्बन गरेको थियो भने टिकटकले पनि आफ्नो भिडियो सेवामा लाइभ स्ट्रिमिङ र नयाँ सामग्री निलम्बन गर्ने घोषणा गरेको छ ।
Home अन्तराष्ट्रिय रुसमा युद्धको विरुद्धमा प्रदर्शन गर्ने ४ हजार भन्दा बढी प्रदर्शनकारी एकैदिन पक्राउ
रुसमा युद्धको विरुद्धमा प्रदर्शन गर्ने ४ हजार भन्दा बढी प्रदर्शनकारी एकैदिन पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।