काठमाडाैं ।। नेपाली काँग्रेसको जिल्ला अधिवेशन हुन बाँकी १६ मध्ये ८ जिल्लामा सभापति चयन भएका छन् । हालसम्म चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल, नवपरासीमा महेन्द्रध्वज जिसी, महोत्तरीमा नागेश्वर यादव, कैलालीमा नारायणदत्त भट्ट, मकवानपुरमा बुद्ध लामा र पर्सामा जर्नादन सिंह क्षेत्री निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व छान्न बाँकी मधेस प्रदेशका चार जिल्लामा आज मतदान हुँदैछ । नेतृत्व चयनमा सहमति नजुटेपछि धनुषा, सिरहा, सर्लाही र रौतहटमा मतदान हुन लागेको र बाँकी जिल्लामा पनि निर्वाचन प्रक्रिया चलिरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । हालसम्म ६९ जिल्लाको अधिवेशन सकिँदा ३७ जिल्लामा संस्थापन र ३२ जिल्लामा इतर पक्षका सभापति चयन भएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।