काठमाडौं ।। नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बित भएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी दिएका हुन्।
बलात्कार आरोप लागेका मुगुका सांसद बानियाँलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई अदालतबाट म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ।
गत माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो। पीडित महिलाले बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here