काठमाडाैं ।। कलाकार पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् । नाबालिग गायिकालाई करणी गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कलाकार शाहमाथि अनुसन्धानका लागि भन्दै जिल्ला अदालत तनहुँले आइतबार १२ दिनको समय थप गरेको हो ।
फागुन १५ गते पक्राउ परेका शाहमाथि अनुसन्धानका लागि भन्दै सोही दिन जिल्ला अदालतले ७ दिनको म्याद दिएको थियो । सो म्याद सकिएपछि प्रहरीले आइतबार उनलाई म्याद थपका लागि अदालत लगेको थियो ।
नाबालिगसँग याैनसम्बन्ध राखेको आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा उजुरी परेको थियो। उजुरीको पाँचदिनपछि कलाकार शाह आफैं प्रहरी कार्यालय पुगेका थिए ।
उनीविरुद्ध नवलपुरको गैंडाकोटमा पनि सोही प्रकृतिको मुद्दा दायर छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here