एजेन्सी ।। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एक्लाएक्लै वार्ताका लागि प्रस्ताव गर्नुभएको छ । उहाँले युक्रेनमा जारी द्वन्द्व अन्त्यको लागि वार्ता एक मात्र उपाय भएको बताउनुभएको बीबीसीले जनाएको छ । युरोपेली संघले युद्धका कारण देश छोडेका युक्रेनी शरणार्थीलाई तीन वर्षसम्मको अस्थायी आवास अनुमति दिन सर्वसम्मतिले सहमति जनाएको छ । हिजो ब्रसेल्समा भएको ईयूका गृहमन्त्रीहरूको बैठकमा उक्त योजनालाई अनुमोदन गरिएको हो । युरोपेली संघले यसअघि यस्तो सुविधा दिएको थिएन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here