एजेन्सी ।। रुस र युक्रेनका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्ता सकिएको छ । दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमित गर्दै दोस्रो चरणको वार्ता सकिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । युक्रेनका एक वरिष्ठ अधिकारीले आफूहरूले चाहे जस्तो नतिजा ननिस्के पनि मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने गरी दोस्रो चरणको वार्ता सकिएको बताएका बीबीसीले जनाएको छ । रुसका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले समेत मानवीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति भएको पुष्टि गर्दै दोस्रो चरणको वार्तालाई ‘ठूलो प्रगति’ भन्नुभएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।