काठमाडाैं ।। चार वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाका २० सांसद आजबाट बाहिरिने भएका छन् । ती सांसदहरूको आज काठमाडौँको एक होटलमा औपचारिक कार्यक्रम गरी बिदाइ गर्ने तयारी संसद सचिवालयले गरेको छ । २०७६ फागुनमा दुई वर्षे कार्यकाल पूरा गरेका सांसदले राष्ट्रिय सभाको रोष्ट्रमबाट आआफ्ना अनुभव सुनाएका थिए । ६ महिनादेखि प्रतिनिधिसभाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा अवरोध गर्दै आएका कारण ४ वर्षपछि बिदा हुन लागेका उपाध्यक्ष शशिकला दाहालसहित २० सांसदले अनुभव भने आदानप्रदान गर्न नपाउने भएका छन् । आजदेखि बिदा हुनेमा दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारी र विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ पनि रहनुभएको छ । काँग्रेसबाट राष्ट्रिय सभाको संसदीय दलका नेता सांसद राधेश्याम अधिकारी, राष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता दिनानाथ शर्मा, राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता सुमनराज प्याकुरेलको पनि ४ वर्षे कार्यकाल सकिँदैछ । एमालेका ८ जना, एकीकृत समाजवादीका चार, नेपाली कांग्रेसका तीन जना सांसदको कार्यकाल सकिन लागेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here