सांकेतिक तस्विर

काठमाडौँ ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको जारी केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको संसदबाट भएको अनुमोदन स्वीकार गरेर अघि बढ्न प्रस्ताव गरेका छन्।
अध्यक्ष प्रचण्डले एमसीसीबाट अब चुनावतर्फ केन्द्रित हुन सबै केन्द्रीय सदस्यहरुसँग आग्रह पनि गरेका छन्।
एक केन्द्रीय सदस्यका अनुसार व्याख्यात्मक घोषणासहित आएको एमसीसीलाई पार्टीको नीतिअनुसार नै समर्थन गरेको प्रचण्डले बताएका थिए।
प्रचण्डले आफूले अडान फेरेको नभई आवश्यकताअनुसार निर्णय लिएको पनि बैठकका क्रममा बताएका छन्।
उनले यदि एमसीसी पास नभएको भए सभामुख अग्नि सापकोटासहित एकीकृत समाजवादीका १४ जना सांसदहरुको पद पनि धरापमा पर्ने र गठबन्धन पनि संकटमा पर्ने जिकिर गरेका थिए।
एमसीसी पास भएकै कारण स्थानीय निर्वाचनमा पनि गठबन्धन सुचारु हुने अवस्था आएको उनको जिकिर छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here