काठमाडौं ।। रुस र युक्रेनबीचको युद्धले विश्व अर्थतन्त्रमा नै प्रभाव पर्न थालिसकेको छ । कोरोना महामारीको असर झेलिरहेको विश्व बजार यो घटनापछि फेरि महङ्गीको चपेटामा पर्ने विश्लेषण हुन थालेको छ । रुस र युक्रेनको युद्धको प्रभावका कारण विश्व बजारमा सुन, चाँदीसँगै खानेतल र पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्न थालेको छ । रुस, अमेरिका र साउदी अरबपछि सबैभन्दा धेरै पेट्रोलियम पदार्थ उत्पादन गर्ने राष्ट्र हो । दुई देशबीचको युद्धका कारण नेपालमा पेट्रोलियम पदार्थ आपुर्तीमा असर पर्ने र यसले इन्धनको मूल्य थप बढाउन सक्ने देखिएको अर्थशास्त्री डा. दधी अधिकारीले बताउनुभयो । यस्तै हाल नेपालले युक्रेनबाट खाने तेलको कच्चा पदार्थ आयात गर्दै आएको छ । भन्सार विभागका अनुसार युक्रेनबाट नेपालले चालू आर्थिक वर्षको सात महिनाको अबधिमा झण्डै १५ अर्ब बराबरको सुर्यमूखी, भट्मास तथा तोरीको दाना आयात गरेको छ । रुस– युक्रेन युद्धका कारण तोरीको कच्चा पदार्थमा रोक लाग्यो भने नेपालमा तेलको अभाब र मूल्य बृद्धि हुन सक्ने उद्योग संगठन मोरङको वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाको भनाइ छ । रुस र युक्रेनबीच युद्ध सुरू भएसँगै अन्तराष्ट्रिय स्तरमा नै डलरमा भन्दा सुनमा लगानी गर्नेहरू बढ्दा त्यसको असरले नेपालमा सुन चादीको भाउ समेत बढेको छ । बिहीबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भयो । दुइर्द देशबीचको युद्धकै कारण सुन चाँदीको मूल्य अझै बढ्न सक्ने देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो । नेपालले रुस र युक्रेनबाट आयात तथा निर्यात दुबै गर्दै आएको छ । चालु आर्थिक बर्षको ७ महिनामा मात्रै दुइदेशबाट १८ अर्ब ७३ रुपैयाँ बराबरको सामान आयात भएकोछ भने नेपालले १५ करोड २६ लाख रुपैयाँको सामग्री निर्यात गरेको छ । अब युद्धका कारण आयात निर्यातमा प्रभाब पार्ने अर्थशास्त्री अनलराज भट्टराईको बुझाइ छ । यसरी रुस–युक्रेनबीचको युद्धले नेपालमा मुख्यगरि खाने तेल, इन्धन र खाद्यान्नमा प्रभाब पर्ने देखिएको छ । त्यसको लागि सरकारले बेलैमा वैकल्पिक विधि अपनाउनुपर्नेमा अर्थविज्ञहरूको सुझाव रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here