एजेन्सी ।। भारतको उत्तर प्रदेश र पञ्जाबमा विधानसभाका लागि मतदान सुरु भएको छ । उत्तर प्रदेशमा ५९ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ भने पञ्जाबमा १ सय १७ सिटका लागि मतदान भइरहेको छ । उत्तर प्रदेशको ५९ सिटका लागि ६ सय २७ जनाले उम्मेदवारी दिएका छन् । उत्तर प्रदेशको विधानसभा चुनावमा २ करोड १५ लाख मतदाताले मतदान गर्ने बताइएको छ । यस्तै पञ्जाबको सबै १ सय १७ सिटका लागि बिहान ८ बजेबाट मतदात सुरु भएको छ । १ सय १७ सिटका लागि १ हजार ३ सय ४ जना चुनावी मैदानमा छन् । मतदानका लागि पञ्जाबमा २४ हजार ७ सय ४० मतदान केन्द्र निर्धारण गरिएको छ । जसमा २ करोड १४ लाखभन्दा बढी मतदाताले मतदान गर्नेछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here