काठमाडाैं ।। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशको केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रहने र आज बिहान तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागको केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाले आज बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भू–भागको केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसको प्रभावबाट जोगिन पनि आग्रह गरेको छ ।
आज देशको केही भू–भागमा वर्षा र हिमपातको सम्भावना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।