काठमाडाैं ।। संसद बैठकमा सहभागी भएर फर्किने क्रममा संक्षिप्त प्रक्रिया दिँदै खनालले संविधानको व्यवस्था भन्दा बाहिरबाट संसदमा एमसीसी टेबल गरेर गलत काम भएको दाबी गरेका हुन् ।
‘संविधानमा संघीय ऐन बनाएर मात्रै सन्धि सम्झौता संसद ल्याउन र अनुमोदन गर्न मिल्ने भनेको छ । संघीय ऐन नै नबनाई संविधान मिचेर जबरजस्ती टेबल गर्ने काम भयो । यो संविधान विरोधी काम हो,’ खनालले भने ।
प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण संसद नचलेको बेला दीर्घकालीन महत्त्व र राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषयलाई जबर्जस्ती प्रस्तुत गरिनु लज्जास्पद विषय भएको खनालले बताए ।
अमेरिकाको दबाबले नेपाल नै विभाजित भइरहेको खनालको भनाइ छ । ‘संसद् पनि विभाजित भएको छ । एउटा नाथे आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ? यो लज्जास्पद विषय हो,’ खनालले भने ।
उनको पार्टी एकीकृत समाजवादीले एमसीसी संसदमा टेबुल गर्न दिने निर्णय नगरेको पनि खनालले बताए ।जसले संसद टेबल गर्न दिने निर्णय भएको बताए त्यो उनीहरूको व्यक्तिगत कुरा भएको पनि खनालको भनाइ छ ।
संविधान मिचेर एमसीसी टेबल गरियो- झलनाथ खनाल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।