एजेन्सी ।। विश्वभर कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या ३४ करो डभन्दा बढी पुगेकाे छ । गत २४ घण्टामा २६ लाख ७८ हजार निको भएसँगै कोरोना जित्नेको संख्या ३४ करोड १३ लाखभन्दा धेरै भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ । यस्तै गत २४ घण्टामा २० लाख ८८ हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४१ करोड ७९ लाखभन्दा धेरै भएको छ । यसैगरी गत २४ घण्टामा ११ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ लाख ६८ हजारभन्दा धेरै भएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै अहिलेसम्म ७ करोड ९७ लाखमा कोरोना पुष्टि हुँदा ५ करोड ७ लाख निको भएका छन् । ९ लाख ५२ हजारको भने मृत्यु भएको छ ।





