एजेन्सी ।। नदीमा बढेको औषधि तथा औषधिजन्य फोहोरका कारण विश्व स्वास्थ्यमा चुनौति बढेको एक अध्ययनले निश्कर्ष निकालेको छ । पारासिटामोल, निकोटिन, क्याफिन, एपलेप्सी र मधुमेहका औषधिहरु नदीमा भेटिएको युनिभर्सिटी अफ न्योर्कका अध्ययनकर्ताहरुले बताएका हुन् । उनीहरुले विश्वका नदी संरचनामा औषधि तथा औषधिजन्य फोहोर र त्यसले पार्ने प्रभावबारे भएको यो अहिलेसम्मकै विस्तारित अध्ययन भएको दाबी पनि गरेका छन् । अध्ययनले पाकिस्तान, बोलिभिया र इथियोपियाका नदीहरु सबैभन्दा बढी प्रदूषित भएको देखाएको छ । आइसल्याण्ड, नर्वे र अमेजन रेनफरेस्टका नदीहरु भने सफा देखिएको छ । विश्वका १०० भन्दा बढी देशका नदीका एक हजार भन्दा बढी क्षेत्रबाट नमूना संकलन गरी अध्ययन गरिएको अनुसन्धानकर्ताले दाबी गरेका छन् ।





