एजेन्सी ।। संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका प्रतिनिधिबीच चर्काचर्की भएको छ । युक्रेनका सम्बन्धमा छलफल गर्नका लागि बोलाइएको बैठकमा अमेरिका र रुसका प्रतिनिधिले एक अर्कालाई आरोप प्रत्यारोपमै समय खर्चेका छन् । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेपछि अमेरिकाले त्यसबारे छलफल गर्नका लाग सुरक्षा परिषदको बैठक बोलाएको हो । बैठकमा संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी तथा रुसी दूतबीच चर्काचर्की भएको बीबीसीले लेखेको छ । संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिण्डा थोमस–ग्रिनफिल्डले रुसले सीमा क्षेत्रमा तैनाथ गरेको सैनिक सङ्ख्या युरोपमा दशकौँ यता देखिएको सबैभन्दा ठूलो तैनाथी रहेको बताउनुभयो । उहाँका रुसी समकक्षीले उत्तेजना फैलाएको र रुसी मामिलामा अस्वीकार्य हस्तक्षेप गरेको आरोप लगाए । अमेरिकासहितका पश्चिमा देशले सीमा क्षेत्रमा सेना तैनाथ गरेको रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको बताउँदै आएका छन् । हिजो भएको सुरक्षा परिषदको बैठकमा रुसी राजदूत भासिली नेबेन्ज्याले रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको भन्ने कुनै प्रमाण नरहेको दावी गर्नुभयो । रुसले आफ्नो भूमिमा सैनिक तैनाथ गर्न पाउने र त्यो अमेरिकाको चासोको विषय नरहेको दाबी पनि उहाँले गर्नुभयो । रुस र युक्रेनबीच तनाव बढ्दै जाँदा समाधानका लागि कूटनीतिक प्रयास पनि जारी रहेको छ । बैठकमा ठोस सहमति भने हुन सकेको छैन ।
राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका प्रतिनिधिबीच चर्काचर्की
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।