तनहुँ ।। तनहुँको बन्दीपुरमा ट्रक र मोटरसाइकल एकआपसरमा ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका वडा नम्बर १ बेले भन्ज्याङमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार ब्यास नगरपालिका ५ बस्ने २२ वर्षका अनिल वाचे मगर र सोही स्थानका २२ वर्षका विकास विकको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय भानुले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । दुर्घटना गएराति करिब पौने १० बजे भएको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।