काठमाडाैं ।। अभिलेखमा नेभेटिएको कोरोनाविरुद्धको खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण चार दिनभित्र पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिले एक सूचना जारी गर्दै माघ २१ गते अपरान्ह ४ बजेभित्र खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण पठाउन सबै स्थानीय सरकार, ७७ ओटै स्वास्थ्य कार्यालय, सात ओटै प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यव स्थापन शाखालाई निर्देशन दिएको हो । छानविन समितिका सदस्य डा.गुणनिधि शर्माल कुराकानी गर्दै तथ्याङ्क प्राप्त भइसकेपछि थप अध्ययन गर्ने बताउनुभयो । सरकारले हराएको खोपको छानविनका लागि अस्ति समिति गठन गरेको थियो । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोपको कुनै तथ्याङ्क नभेटिएको बारे संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई जानकारी गराउनुभएको थियो ।
अभिलेखमा नरहेको खोपको विवरण चार दिनभित्र पठाउन सम्बन्धित निकायलाई निर्देशन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।