राैतहट ।। समायोजन पछि नव गठित जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटको पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रम सदरमुकाम गौर स्थित रौतहट उद्योग बाणिज्य संघको सभा हाल मा सोमबार सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टीबाट पुर्व राष्ट्रिय जनता पार्टी नेपाल छुटिएर लोकतान्त्रिक जनता पार्टी बने पश्चात भएको समायोजन पछि गठन भएको न्या जिल्ला कार्य समितिको १७७ जना पदाधिकारीहरुलाई जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
सपथ ग्रहण कार्यक्रममा मधेश प्रदेश सरकारका कृषि भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्रि योगेन्द्र राय यादवले जनता समाजवादी पार्टी बैकल्पिक शक्तिको रुपमा मुलुकमा स्थापित हुने दावी गरेका छन् ।
प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै राज्य मन्त्रि यादवले मधेशी जनताको हक अधिकारीको सवालमा जसपा पार्टी गम्भीर भएर अघि बढ्दै गएको जिकिर गर्दै मधेशी ,आदिवासी ,जनजाती, दलित , विपन्न वर्ग समुदाय , मुस्लिम , महिलाको समानताको लागि संघर्ष गर्ने न्या शक्तिको रुपमा जसपा को उदयीमान हुने ठोकुवा समेत गरे ।
समायोजनबाट गठन भएको न्या जिल्ला समन्वय समितिमा समावेशीको आधारमा थप गर्दै जाने आश्वासन दिदै राज्य मन्त्रि यादवले पार्टीको हक हितमा इमान्दारिता पुर्वक काम गर्न आग्रह गरे ।
कार्यक्रममा प्रदेश सांसद राम किशोर यादव , पुर्व संबिधान सभासद रम्भा देवी यादव , केन्द्रिय सदस्य विश्वनाथ पटेल , प्रदेश सदस्य बृज किशोर यादव , माधव नारायण नगरपालिका प्रमुख बिरेन्द्र यादव , जिल्ला समन्वय समिति कार्यालयका उपाध्यक्ष राम असिस यादव , गौर नगरपालिका उपप्रमुख किरण कुमारी ठाकुर , जसपा नेता रामेश्वर प्रसाद यादव लगायतका नेताहरु सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here