काठमाडाैं ।। सरकारले बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन आजदेखि आगामी विहीवारसम्मका लागि विद्यालय खुलाउने भएको छ । सरकारले विद्यालय बन्द हुँदा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन समस्या भएकाले आजदेखि बिहीवारसम्मका लागि विद्यालय खोल्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालयमै खोप अभियान सुरु गर्न र बालबालिकालाई कोरोनाको जोखिमबाट बचाउनका लागि विद्यालय खोल्ने निर्णय गरिएको बताउनुभयो । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि गत पुस २५ गते सीसीएमसीले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । त्यसकै आधारमा देशभर बन्द भएका विद्यालय खुलाउनुपर्ने माग पनि उठिरहेको छ । तर, शिक्षा मन्त्रालयले भने सीसीएमसीको सिफारिस आएपछि मात्रै थप निर्णय गर्ने स्पष्ट पारेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।