काठमाडाैं ।। सरकारले कोरोनाविरुद्धको खोप लगाएकालाई मिसाएर बुस्टर मात्रा लगाउने निर्णय गरेको छ । खोप अभाव भएपछि भेरोसेलको पूर्ण मात्रा लगाएकालाई बुस्टर दिँदा कोभिसिल्ड लगाउने निर्णय सरकारले गरेको हो । ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई कोरोनाविरुद्धको बुस्टर प्रदान गर्दा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना, र फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने विश्व स्वास्थ्य सङ्गठन, राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य मन्त्रालयले निर्णय गरेको हो । सङ्क्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले भने अर्को खोप लगाउँदा कति प्रभावकारी हुन्छ भन्ने एकिन नभएको बताउनुभयो । उहाँले हालसम्म बुस्टर मात्रा लगाउँदा फरक फरक खोप लगाइएको विषयमा अध्ययन नभएकाले यो कति प्रभावकारी हुन्छ वा हुँदैन भन्न नसकिने बताउनुभयो । पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा दिन, सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here