काठमाडाैं ।। नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो केहीदिनयता सङ्क्रमितको सङ्ख्या दोहोरो अङ्कमा थपिन थालेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा ९ हजार ५ सय २२ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । हिजो नेपालमा २ हजार ४ सय ४४ जना नयाँ सङ्क्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार २ सय ९६ जना सङ्क्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here