काठमाडाैं ।। कोरोनाको सङ्क्रमण दर बढेपछि राजनीतिक गतिविधि पनि प्रभावित बनेको छ । शिर्ष नेताहरू कोरोना सङ्क्रमण भएर आराम गरिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठसहितका नेताहरू अहिले एकान्तबासमा रहेका छन् भने हिजो नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाइ पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेकपा एमालेको प्रदेश अधिवेशन पनि सरेको छ भने जारी जिल्ला अधिवेशन पनि प्रभावित हुने देखिएको छ । प्रदेश अधिवेशन निर्धारित मितिको २० दिन पछि मात्रै गर्ने गरि सारिएको नेकपा एमालेका कार्यालय सचिब डाक्टर भिष्म अधिकारीले जानकारी दिनुभयो । एमालेले हालसम्म ४५ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । नेताहरुमा कोरोना पुष्टि भएपछि माओवादीले केन्द्रीय कमिटी बैठक स्थगित गरिसकेको छ । यसले पदाधिकारी छनोट हुन अझै समय लाग्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here