रौतहट ।। भुमि सुधार तथा मालपोत कार्यालय रौतहटका प्रमुख तथा कर्मचारीहरुले सेवाग्राहीहरुसित कानुन विपरित रुपमा रकम लिने गरेको व्यापक रुपमा जन गुनासो बढेको छ !
जग्गा रजिस्ट्रेसन , मोही नामसारी , मोही लगत कट्टा ,को काम गराउन आउने सेवाग्राही हरु सित सरकारी दस्तुर भन्दा बढी रकम लिने गरेको गुनासो सेवाग्राहीहरुको रहेको छ ! पुष मसान्त सम्ममा मोही जग्गा बाटफाट गर्नु पर्ने नेपाल सरकारको भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय मन्त्रालयको तथा विभागको निर्देशन रहेको भन्दै कार्यालय प्रमुख राम कृष्ण उप्रेतीले आर्थिक रुपमा लाभ उठाउने नियतले धमाधम जग्गाको मोहियानी हक बाडफाट गर्ने गरेको बुझिएको छ !
लेखनदास तथा विचौलिया मार्फत कार्यालय प्रमुख उप्रेतीले प्रति कठ्ठाको दरले रकम लिने गरेको सेवाग्राहीहरुको आरोप रहेको छ ! पुष २५ गते राम जानकी मन्दिरको नाउमा रहेको जग्गाको आधि आधि हुने गरि भएको मिलापत्रमा पनि मोही संग ५० हजार रुपैया लिएको बुझिएको छ !
मोहीले लेखनदासले हाकिमलाइ दिनु पर्छ नदिए काम नहुने भने पछि ५० हजार रुपैया दिएको बताएका छन् ! लेखनदासले ८० हजार रुपिया मागेकोमा ५० हजार भन्दा बढी दिन नसकिने भनेको उहाले जनाए !
मालपोत कार्यालयको वरिपरि कार्य गर्ने केहि लेखनदासले हाकिम आफ्नै पक्षको रहेको भन्दै काम गराउने आउने संग रकम लिने र पछि कार्यालय प्रमुख सुबा , खरिदारलाइ भागवण्डा गर्ने गरेको समाचार स्रोतको दावी रहेको छ ! घरवासको जग्गामा मोही लाग्न नसकिने कानुनी प्रावधान रहे पनि कार्यालय प्रमुख उप्रेतीले स्थानीय दुर्गा भगवती गाउपालिका वडा नम्बर ४ साबिक पचरुखी छतौनाको एक जनाको घरवासको जग्गामा मोही कायम गरि बाड फाड गरी दिएका हुन् !
मालपोत कार्यालयमा राजश्व भन्दा बढी रकम नदिए कर्मचारीहरुले काममा आलटाल गर्ने ,हैरानी गर्ने गरेको स्थानीय किशोरी यादवले बताएका छन् ! कार्यालय प्रमुखमा उप्रेती आए देखि रकमी चलखेल बढी भएको छ ! कार्यालयमा ३ चार जना दिनभरी बस्ने र काम गराउने आउने सित रकमको बार्गेनिग गर्ने गरेको बुझिएको छ ! बाहिर पनि र फाटमा पनि कार्यालय बाहिरको व्यक्ति बस्ने गरेको भएपनि कार्यालय प्रमुख उप्रेतीले त्यस तर्फ कुनै चासो देखाउन नसकेको कारण कार्यालयमा यस्ता किसिमको विर्किती बढेको हो !
कार्यालय प्रमुख उप्रेतीले कर्मचारीको अभाव रहेको अवस्थामा कामको बढी चाप भएको बताउदै मेरो नाउ बदनाम गर्ने उदेश्यले भ्रम फैलाउने कार्य भै रहेको दावी गर्नु भएको छ ! उहाले काम आफ्नो पक्ष मा नभए अफवाह फैलाउने गरेको बताए !
३० गते सम्म मोही बाड फाट गर्नु पर्ने मन्त्रालयको निर्देशन रहेकोले मोहीको हक स्थापित गर्ने कार्य गर्ने गरेको बताए ! मोहीयानी मुदामा राजनीतिक दवाव पनि आउने गरेको बताउदै प्रमुख उप्रेतीले सरकारी दस्तुर भन्दा बढी रकम कसैले मागे म समक्ष उजुरी गर्न सेवाग्राहीहरुलाई आग्रह गरे !
उनले कार्यालयका कर्मचारी , लेखापढी गर्ने व्यक्तिले काम गराउन बढी रकम मागेमा नदिन सुझाव दिएका छन् ! सेवाग्राहीहरुको कामलाइ सहजता गर्ने तर्फ आफु प्रयास रहेको बताए ! मुदाको फैसला गर्न तथा पैसाको आधारमा मोही जग्गा बाडफाड गर्ने कुरोमा सत्यता नभएको दावी समेत गरेको छ !
मालपोत कार्यालयमा जग्गा खरिद र विक्री गर्न आउनेलाई कर्मचारीहरुले हैरान गर्ने तथा लेखनदास को मार्फत छिटो गर्ने परिपाटी पहिला देखि नै रहेको छ !
भुमि सुधार कार्यालयमा दर्ता भएको मुद्दाको फाइल आवश्यकता परेको बेला खोज्दा फेला नपर्ने ,पछि भेट्ने गरेको छ ! काम गराएर फाइल लुकाउने कार्य पनि कार्यालयको कर्मचारीबाट हुने गरेको छ ! प्रतिवादीको नाउमा जारी हुने जनाउ पुर्जी , म्याद पनि पैसाको प्रलोभनमा दवाउने कार्य भै रहेकोले यस्ता किसिमको कार्य समेत निरुत्साहित गर्न कार्यालय प्रमुखले ध्यान दिनु पर्ने हुन्छ !
स्थलगत रुपमा मोही जग्गाको अवलोकन निरीक्षण गरेर आधि आधि जग्गा बाडफाट गर्नु पर्ने कानुनी व्यवस्था भएपनि त्यस्तो कार्य भै रहेको छैन !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here