काठमाडाैं ।। सरकारले सञ्चालन गरेको तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत आयोजना माग गर्नेको सङख्या वर्षेनी बढ्दै गएको छ । चालु आर्थिक वर्षका लागि माग भएका झण्डै २ हजार आयोजना मध्ये ५ सय १८ आयोजना स्वीकृत भएर कार्यान्वयनको चरणमा गएको तराई मधेश समृद्धि कार्यक्रमका निर्देशक विकाउ कुमार यादवले जानकारी दिनुभयो । सरकारले मानव विकास सुचकाङकमा पछाडी परेका तराई मधेशका क्षेत्रमा पर्ने २२ जिल्लाका २ सय ७८ स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गरेको निर्देशक यादवर्ले जानकारी दिनुभयो । पहिलेको सीमा क्षेत्र विकास कार्यक्रमलाई सरकारले आर्थिक वर्ष २०७५÷७६ देखि तराई मधेश समुद्धिको नाममा सञ्चालन गरीरहेको छ । चालु आर्थिक वर्षमा छनोट भएका ५ सय १८ मध्ये सबै भन्दा धेरै २ सय ३८ आयोजना सामुदायिक पूर्वाधार निमार्ण तर्फ रहेका छन् भने सडक तर्फ १ सय ५१ , सामुदायिक आवास भवनमा ४८ , कृषि विकासमा १०, खानेपानी र सरसफाईमा १४, सिँचाइ तथा नदि नियन्त्रणमा २७, उर्जामा ३, विपद् न्युनिकरण पूर्वाधारमा ५ र तालिमका २२ आयोजना रहेको यादवले जानकारी दिनुभयो । यी सबै आयोजनाको लागत खर्च १ अर्ब ५१ करोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here