काठमाडाैं ।। भोलीका लागि तय भएको नेकपा माओवादीको केन्द्रीय कमिटि बैठक स्थगीत भएको छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछी भोली बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगीत भएको हो । गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो । माओवादी केन्द्रले पदाधिकारीमा अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन । यही पुस १८ गते सम्पन्न माओवादीको महाधिवेशनले २३७ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here