काठमाडाैं ।। प्रहरी नियमावली २०७१ संशोधन भएसँगै प्रहरीहरूको बढुवा प्रक्रियाको काम सुरु भएको छ । नियमावलीमा प्रहरीमा वरिष्ठ प्रहरी नायव निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्ने प्रावधान छ । नयाँ व्यवस्थाले १२ हजार १७४ सहायक हवल्दार, चार हजार ३ सय ५५ वरिष्ठ हवल्दार र ९ सय ८२ वरिष्ठ प्रहरी नायव निरीक्षकमा बढुवा हुनेछन् । सीआईएनसँग कुराकानी गर्नुहुँदै प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक बसन्त कुँवरले नियमावली पारित भएसँगै बढुवा प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । एउटै पदमा लामो समयसम्म कार्यरत रहँदा तल्लो तहका प्रहरीमा नैराश्यता बढाएको निश्कर्षसहित प्रहरी प्रधान कार्यलयको प्रस्तावमा सरकारले नियमावली संशोधन गर्दै नयाँ दरबन्दी थपेको हो ।





