काठमाडाैं ।। प्रधानमन्त्री समेत रहनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूखुसी रुपमा केन्द्रीय सदस्य मनोनित गरेको भन्दै सस्थापन इतर समुहले असन्तुष्टि जनाएको छ । सभापतिमा पराजित काँग्रेस नेता डा. शेखर कोइरालाले हिजो आफू पक्षिय नेताहरूलाइ बोलाएर सभापति देउवाले कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको हो ? भन्ने प्रश्न उठेको बताउनुभएको थियो । नेपाली काँग्रेसका शिर्ष नेताहरूले १४ औं महाधिवेशनपछि गुटउपगुट अन्त्य गर्ने दाबी गर्ने गरेका थिए, युवा नेता कार्यकर्ता पनि यसपटकबाट पार्टीभित्रको गुट अन्त्य होला कि भन्ने विश्वासमा रहेका थिए । तर फेरि पनि काँग्रेस भित्र संस्थापन, इतरपक्ष र त्यसभित्र पनि गुट, उपगुट निर्माण हुने क्रम रोकिएको छैन । काँग्रेसका नेता कार्यकर्ता यस पटकको महाधिवेशनले पार्टी भित्रको गुट अन्त्य गर्ने आसमा रहेका थिए । यसपटकको निर्वाचनबाट युवाहरू नेतृत्वमा पुगेकाले अझै पनि पार्टीभित्रको विवाद मिलाएर गुट अन्त्यमा भूमिका खेल्लान् कि भन्ने विश्वास लागेको झापाका माधव आचार्यले बताउनुभयो । तर पार्टी भित्र सस्थापन र इतर पक्षबीचको असन्तुष्टि सुरु भइसकेको छ । काँग्रेसको विधानले सभापतिलाई एक तिहाई सदस्य महिला सहित समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनित गर्न सक्ने अधिकार दिएको छ । तर हाल सम्म मनोनित १३ जनामा अक्सर आफु पक्षका नेताहरू समावेश गरेको कोइराला पक्षको आरोप छ । कोइराला पक्षका नेता सहमहामन्त्री बद्रि पाण्डेले महाधिवेशनमा दोस्रो मत प्राप्त गर्नुभएका कोइरालालाई २० आँै स्थानको वरियता दिनु गलत भएको बताउनुभयो । कोइराला पक्षले नियुक्तिको मापदण्ड सोध्दै सभापतिको बिरोध गर्दा देउवा पक्षका नेताहरूले भने बचाउ गरेका छन् । देउवा निकट सहमहामन्त्री महेन्द्र यादवले भने सभापति देउवाले सबै पक्षलाई समेटेर अघि बढेको दावी गर्नुभयो । एक जना विश्लेषक विश्वकानत मैनालीले नेपाली काँग्रेसको गुट अन्त्य गर्न अझै अर्को कार्यकाल कुनुपर्ने बताउनुभयो । पार्टीभित्र यसअघि नै पनि बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगाएत नेताहरूको आ–आफ्नै समुह रहेको थियो । १४ औ महाधिवेशनले कोइराला पक्षको अर्को गुट स्थापित गरिदिएको छ । नेता कार्यकर्ताको आशा अनुसार काँग्रेस गुटबिहिन राजनितिमा हिड्ने सम्भावना अझै पनि कमजोर देखिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here