काठमाडाैं ।। देशभरका ५ सय ९० स्थानीय तहले बैकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार हाल २२ लाख भन्दा बढी नागरिकले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । सामाजिक सुरक्षा ऐन २०७५ ले गरेको व्यवस्था अनुसार अहिले स्थानीय तहले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बैकिङ्ग प्रणाली मार्फत दिन थालेका हुन्् । तर बाँकी १ सय ६३ स्थानीय तह बैकिङ्ग प्रणालीमा जान लागे पनि व्यवस्थापकीय काम बाँकी रहेको विभागले जनाएको छ । बैकिङ्ग प्रणालीमा गएपछि कतिपय नागरिकले सेवा पाउँन अप्ठारो भएको गुनासो आएपछि विभागले सहजिकरणका लागि विभिन्न किसिमका काम गरेको विभाग अन्र्तगतको व्यवस्थापन सूचना प्रणालीका प्रमुख निर्मल शर्माले जानकारी दिनुभयो । हाल देशभरका ३३ लाख ५६ हजार ६३ जनाले ६ प्रकारका सामाजिक सुरक्षा भत्ता लिदै आएका छन् । सरकारले २०७७ मंसिर १ गते देखि लागु हुने गरि सबै स्थानीय तहलाई बैकिङ्ग प्रणाली मार्फत भत्ता वितरण गर्न निर्देशन दिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here