काठमाडाैं ।। सरकारले यसवर्षका लागि उखुको समर्थन मूल्य तोकेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेको हो । यो वर्ष प्रतिक्विन्टल ५९० रुपैयाँ दरले उखुको समर्थन मूल्य तोकिएको छ । यस वर्षका लागि निर्धारण गरिएको उखुको मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो । गत वर्ष मन्त्रिपरिषदले उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ निर्धारण गरेको थियो । २०७६ मा उखुको मूल्य ५३६ रुपैयाँ प्रतिक्विन्टल तोकिएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य निर्धारणका लागि मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो । कात्तिक मसान्तमै उखुको मूल्य तोक्नुपर्ने सरकारले यसवर्ष भने ढिला गरि उखुको समर्थन मूल्य तोकेको हो । २०७५ सालभन्दा अघि चिनी मिलका सञ्चालकले आफू खुशी मूल्य निर्धारण गर्थे । तर किसान र मिलबीच विवाद भएपछि त्यसयता सरकारले नै उखुको समर्थन मूल्य सार्वजनिक गर्दै आएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here