धनुषा ।। सरकारले उखुको समर्थन मूल्य तोक्न ढिलो गरेपछि धनुषाका किसानले प्रति क्वीन्टल ५ सय ८४ रुपैयाँमा उखु बेच्न थालेका छन् । मिलसँगको सहमतिमा धनुषाका उखु किसानले ढुवानी सुरु गरेका हुन् । सरकारले यस वर्षका लागि उखुको मूल्य निर्धारण नगर्दा सिरहाको चन्द्रअयोध्यापुरमा रहेको हिमालय सुगर मिल्स लिमिटेडले हाललाई उखु क्रसिङ्ग सुरु गर्ने तर मून्य निर्धारण गरेपछिकै पैसा भुक्तानी गर्ने सहमति गरेको मिलका उखु महाप्रबन्धक अवधकिशोर यादवले बताउनुभयो । गत वर्ष उखुको मूल्य प्रति क्वीन्टल ५ सय ४४ रुपैयाँ कायम थियो । अहिले त्यसै मुल्यमा मिलले ४० रुपैयाँ थप गरेर ५ सय ८४ रुपैयाँ प्रति क्वीन्टल किसानलाई तत्काल उपलब्ध गराउने छ । धनुषाको पश्चिमी क्षेत्रबाट मिलमा उखु ढुवानी गर्ने ट्याक्टरका लागि ढुवानीमा प्रति क्वीन्टल १० रुपैयाँ थप दिने सहमति मिलले गरेको छ । ढुवानीमा पहिला ६५ रुपैयाँ दिँदै आएको थियो । मिलले धनुषाका उखु किसानहरूलाई सरकारबाट प्राप्त हुने २०७५ सालको वक्यौता अनुदान रकम प्रति क्वीन्टल ६५ का दरले जम्मा ५३ लाख दिने सहमति गरेको छ । यस अघि मिलले किसानलाई सरकारबाट पाउने २०७५ सालकै प्रति क्वीन्टल ६५ का दरले अनुदान रकम उपलब्ध नगराएपछि धनुषाका उखु किसानहरुले यस वर्ष उखु नबेच्ने अडान लिएका थिए । सरकारले मूल्य निर्धारण नगर्दै उखु नबेचे सुकेर घाटा हुने चिन्ता किसानमा छ ।
Home प्रदेश समाचार मधेश प्रदेश सरकारले उखुको मूल्य तोक्न ढिलो गरेपछि धनुषाका किसानले प्रति क्वीन्टल ५ सय...





