रौतहट ।। बुधबार बिहानैदेखि परेको हिउँदे वर्षाले देशभरजस्तै रौतहटमा पनि चिसो बढाएको छ। रौतहटको सदरमुकाम गौर,गरुडा,बाराको कलैया ,सर्लाहीको मलंगवा लगायतका आसपाका जिल्लामा बिहानैदेखि परेको वर्षाले जनजीवन प्रभावित बनेको छ।
तराईका जिल्लामा वर्षा भएको छ भने पहाडी जिल्लामा हिमपात समेत भएकोले एक्कासि चिसो बढेको हो।
रौतहटमा दिनभरि नै पानी परिरहेको छ। रौतहटमा बुधबार बिहानै देखि परिरहेको पानी अहिले पनि पानी परिरहेको छ।
अविरल वर्षाले सर्वसाधारणको दैनिकी समेत प्रभावित बनेको छ। सर्वसाधारणलाई यात्रामा समेत कठिनाइ भएको छ।
यता हिउँदे वर्षाले सदरमुकाम गौर बजारमा हिँडडुल गर्ने सर्वसाधारणलाई सास्ती भएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here